बलियो सम्बन्धको पहिचान हो सम्मान, तपाईंको सम्बन्धमा छ कि छैन ? पाँच संकेत

सम्बन्ध अघि बढाउन जति प्रेम र विश्वास चाहिन्छ, एक अर्काप्रति सम्मान वा इज्जत पनि त्यति नै महत्त्वपूर्ण छ । तपाईं केही संकेतमार्फत् पार्टनरले तपाईंलाई कत्तिको इज्जत गर्छन् भनेर थाहा पाउन सक्नुहुन्छ ।
म्यारिज डट कमका अनुसार आइडियल पार्टनर आफ्नो बेटर हाफको इज्जतको ख्याल राख्छन् र कहिल्यै पनि अरूको अगाडि इज्जतमा आँच आउने काम वा कुरा गर्दैनन् । मानिसहरूको अगाडि उनीहरुले निकै सम्मानका साथ पार्टनरसँग कुराकानी गर्छन् । तर पार्टनरले अरूको अगाडि तपाईंसँग राम्रो व्यवहार गरिरहेका छैनन् भने उनले तपाईंलाई इज्जत गर्दैनन् भनेर बुझ्नुहोस् ।
जोडी भएकै कारण तपाईंहरु दुवैको सोच र विचारधारा एउटै हुनुपर्छ भन्ने हुँदैन । असमानता हुँदाहुँदै पनि जोडीले एक अर्काको विचारधाराको सम्मान गर्नुपर्छ । तर तपाईंहरुबिच विचारधाराकै लागि झगडा हुन्छ, एक अर्काको कुरा बुझ्न नै खोज्दैन वा मान्नै चाहँदैन भने तपाईंहरुको सम्बन्धमा सम्मानको अभाव छ भनेर बुझ्नुहोस् ।
तपाईंको पार्टनर घरबाट बाहिर हुने बित्तिकै तपाईंको फोन कल र मेसेजको जवाफ दिँदैनन् भने बुझ्नुहोस् कि पार्टनरले तपाईंको इज्जत गर्दैनन् । उनको पहिलो प्राथमिकता तपाईं होइन भन्ने कुरा बुझिहाल्नुहोस् । तर तपाईंको पार्टनरले कल मिस हुने बित्तिकै फोन वा मेसेज गर्छन्, आफू कहाँ भएको भनेर सही जानकारी दिन्छन् भने उनले तपाईंको इज्जत गर्छन् ।
कुनै सम्बन्धमा हुँदा तपाईंले एक अर्काका परिवार र साथीभाइलाई पनि इज्जत गर्नुहुन्छ । पार्टनरको अगाडि कहिल्यै पनि उनीहरू बारे नराम्रो कुरा नगर्नुहोस् । यसले उनीहरूको मन दुखाउन सक्छ । यदि तपाईंको पार्टनरले तपाईंलाई माया गर्नेहरूसँग राम्रो व्यवहार गर्छन् भने उनले तपाईंलाई इज्जत गर्छन् भन्ने कुरा बुझ्नुपर्छ ।
पार्टनरको बाहिरी रूप जस्तोसुकै भए पनि तपाईंले उनको इज्जत गर्नुहुन्छ भने उनलाई आफ्ना साथीभाइ र आफन्तलाई भेटाउन कुनै अप्ठेरो महसुस गर्नु हुन्नँ । तर तपाईंको पार्टनरले घर बाहिर कोही साथीसँग तपाईंलाई भेटाउन हिचकिचाउँछन् वा तपाईंलाई अपरिचित झैँ व्यवहार गर्छन् भने उनले तपाईंको भावनाको इज्जत गर्दैनन् भन्ने थाहा पाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते