भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी, अब डिएसपीको कमाण्ड हुने
चितवन । भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो ।
महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ ।
सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । यस्तै महिला प्रहरी जवान ३ जना, दलित ३ जना, आदिवासी जनजाति ३ जना, थारु २ जना र मधेसी १ जना मागेको हो ।
असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्वारा जारी सूचनामा जनाइएको छ । थप जानकारी महानगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिने छ । पूर्व नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरीले सम्बन्धित निकायबाट अनुभव हुनुपर्ने छ ।
यो सँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डिएसपीको हुने छ । यसअघि प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा रहेको थियो ।
छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड २ सय मिटर, हाईजम्प र लङ्जम्प, सेटअप, पुसअप र चीन अप गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण