सहमतिको भोलिपल्टै डाक्टर कुटिए, स्वास्थ्यकर्मी फेरि सडकमा, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएपछि स्वास्थ्यकर्मीहरू सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए ।
प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै आफूमाथि कुटपिट भएको खड्काले बताएका छन् ।
यता डाक्टरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रूपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
शनिबारमात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको थियो । सहमति लगत्तै चिकित्सकहरूको आन्दोलन फिर्ता भएको थियो ।
_i457LA0orD.jpg)
_dL82lNFt7h.jpg)
_SoR2WXudhL.jpg)
_IKcFGYkR3H.jpg)
_tHTkyoYWjB.jpg)
_q2bvJCfO24.jpg)
_FYvStowLfc.jpg)
_O06VpCDa2o.jpg)
_ZlFRC7wdTM.jpg)
_xdYdC71dG8.jpg)
_8TWanyE9dV.jpg)
_tvHJZKUgGc.jpg)
_BxD2sF8PhF.jpg)
_pyZOQqm8Nk.jpg)
_2X7woqLW3x.jpg)
_uXE5SUvG1G.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण