मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

सहमतिको भोलिपल्टै डाक्टर कुटिए, स्वास्थ्यकर्मी फेरि सडकमा, तस्बिरमा हेर्नुहोस्

आइतबार, १४ असोज २०८०, १७ : ०६
आइतबार, १४ असोज २०८०

काठमाडौँ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएपछि स्वास्थ्यकर्मीहरू सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए । 

प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो ।  बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै  आफूमाथि कुटपिट भएको खड्काले बताएका छन् । 

यता डाक्टरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रूपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको हो  ।  उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए । 

शनिबारमात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको थियो । सहमति लगत्तै चिकित्सकहरूको आन्दोलन फिर्ता भएको थियो । 

doctor protest (1)doctor protest (2)doctor protest (3)doctor protest (4)doctor protest (5)doctor protest (6)doctor protest (7)doctor protest (8)doctor protest (9)doctor protest (10)

doctor protest (11)doctor protest (12)doctor protest (13)doctor protest (14)doctor protest (15)doctor protest (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप