बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का, दिल्ली पनि हल्लियो
मङ्गलबार, १६ असोज २०८०, १६ : १७
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । ६.३ म्याग्निच्युड तीव्रता मापन गरिएको भूकम्पले नेपालको संघीय राजधानीमात्र नभएर भारतको राजधानी नयाँ दिल्ली पनि हल्लाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको उत्तर प्रदेश, उत्तराखण्ड राज्यसहित दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । दिल्लीमा भूकम्पको धक्का महसुस गर्नासाथ मानिसहरु घर तथा कार्यालयबाट सडकमा निस्किएका थिए ।
भारतीय टेलिभिजन च्यानल ‘आजतक’का अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार २ः२५ मा महसुस गरिएको थियो । उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड थियो भने २ः५१ बजे अर्को धक्का महसुस गरियो, जसको तीव्रता ६.२ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण