रौतहटमा प्रहरीद्वारा १२ लाखको अवैध सामान बरामद
रौतहट । रौतहटमा प्रहरीले १२ लाख मूल्य बराबरको अवैध भारतीय सामान बरामद गरेको छ। जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।
भन्सार छली गरेर चोर नाका हुँदै भित्रयाइएका भारतीय लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी सलायतका सामान सहित ल्याउन प्रयोग गरिएको १ टेम्पो ,३ मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले बताए ।
विभिन्न नाकाहरुबाट बरामद उक्त सामानको १२ लाख रुपैयाँ मूल्यांकनसहित आवश्यक कारवाहीका लागि मंगलबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।
दसै,तिहार र छठपर्व आउनै लागेको मौका छोपी तस्करीहरुको छुट्टाछुट्टै समूहले सन्भार छली गरेर जिल्लाको विभिन्न नाका हुँदै सामान भित्र्याइरहेका छन्।
सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग तस्कर समूहले तालमेल मिलाई आर्थिक प्रलोभनमा पारेर अवैध रुपमा भारतीय कपडा लगायतका सामान भित्र्याइरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण