सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा खेलाइने
बुधबार, १७ असोज २०८०, २१ : २६

काठमाडौँ । सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने विश्व फुटबलको नियामक निकाय फिफाले पुष्टि गरेको छ ।
स्पेन, पोर्चुगल र मोरोक्कोलाई सह–आयोजक घोषणा गरिएको हो भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ । मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल त्यहाँ खेलाइन लागेको हो ।
यो निर्णयलाई आगामी वर्ष आयोजना हुने फिफाको कङ्ग्रेसमा पारित गरिने बताइएको छ । ‘विभाजित विश्वमा, फिफा र फुटबल एकताबद्ध हुँदैछ,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित