माओवादीले अङ्क गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखायो : नेसपा
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले माओवादी केन्द्रले नै एकता गर्न नचाहेको आरोप लगाएको छ । पार्टी कार्यालय कोटेश्वरमा सोमबार र मङ्गलवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सो पार्टीले उक्त आरोप लगाएको हो ।
एकताका लागि नेसपाले पठाएको ९ बुँदे प्रस्तावमाथि माओवादी नेतृत्वले छलफल गर्नै नचाहेको आरोप लगाएको छ । ‘माओवादीले समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अङ्क गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखाइरहेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
‘हामीले नेकपा (माओवादी केन्द्र) सँग गत संसदीय र प्रादेशिक निर्वाचनको बेलादेखि सहकार्य गर्दै नयाँ आधारमा नयाँ समाजवादी केन्द्र निर्माणका निम्ति वार्ता प्रक्रिया सुरु गरेका थियौँ। त्यस क्रममा हामीले नयाँ युगको नयाँ समुन्नत समाजवादी पार्टीको विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त, कार्यशैली सहितको नौ बुँदे पार्टी एकताका आधार सम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरेका थियौँ । परन्तु माओवादी केन्द्रको नेतृत्वले त्यो महत्त्वपूर्ण नौ बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अङ्क गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखाइरहेको छ । हाल माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रूपान्तरणसहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टीले आगामी दिनमा पार्टी सङ्गठन र जनआधार निर्माण र विस्तारमा केन्द्रित रहँदै जनसरोकारका राष्ट्रिय मुद्दाहरूमा विभिन्न पार्टी र समूहहरूसँग सहकार्य, कार्यगत एकता गर्ने र विचार, नीति, कार्यक्रम मिल्ने शक्तिहरूसँग भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणका निम्ति संयुक्त मोर्चा र ध्रुवीकरणका लागि पनि निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तो छ नेसपाको निर्णय :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण