लोसपाले गर्यो संविधान संशोधनको माग
काठमाडौँ । लोसपाले संविधान संशोधनका लागि माग गरेको छ । दुई दिनसम्म चलेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि विज्ञप्ति जारी गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले सो माग गरेका हुन् ।
संविधानमा रहेको विभेदपूर्ण धारालाई संशोधन गर्न सरकार र सत्तारुढ गठबन्धनका साथै प्रमुख प्रतिपक्ष एमाले समेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्नु आवश्यक रहेको अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
बैठकले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखी त्यस अनुरुपको रणनीति, कार्यनीति र कार्यक्रम अविलम्ब तयार गरी प्रदेश, जिल्ला र स्थानीय तहहरुमा पठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, बझाङमा आएको भूकम्पप्रति लोसपा नेपालले दुःख व्यक्त गर्दै उचित राहतको लागि सरकारसँग माग गरेको छ ।
विगत केही समयदेखि मलंगवा, नेपालगञ्ज र अन्य केही ठाउँमा धार्मिक अतिवादीहरुद्वारा यसद्भाव बिथोल्ने प्रयास निरन्तर जारी रहेकोप्रति लोसपा गम्भीर बनेको बताउँदै यसको नियन्त्रण र समाधानको लागि लोसपा नेपाल स्थानीय स्तरका राजनीतिक, धार्मिक नेता, समस्त समाजसेवीलाई सौहार्दता, संयमता अभिवृद्धि गराउन अपिल गरेको छ ।
आधारभूत आवश्यकताको वस्तुहरुमासमेत एक्कासी मूल्य वृद्धि हुनु, कालोबाजारी हुनु, अनुगमन र नियमनको सही कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले मूल्य नियन्त्रण गर्न माग गरिएको छ ।
सुन तस्करहरुद्वारा चीनबाट भारी मात्रामा सुन ल्याएर अनाधिकृत बाटोबाट भारतमासुन पठाउने कार्य विगत केही समयदेखि लगातार भइराखेको कुरा अहिले सार्वजनिक भएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले यसले एकातिर देशको अर्थतन्त्रमाथि थेग्नै नसक्ने गरी नकारात्मक असर पारेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, लोसपाले कोशी प्रदेशमा भइरहेको आन्दोलनप्रति एक्येवद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण