साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक युन फोसालाई
बिहीबार, १८ असोज २०८०, १९ : ४७

स्टकहोम । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक युन फोसालाई प्रदान गरिएको छ । नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीले युन फोसाको अभिनव (प्रयोगात्मक) नाटक र गद्यले आफूलाई अभिव्यक्त गर्न नसक्नेलाई आवाज दिएको बताएको छ ।
सन् १९५९ मा जन्मिएका फोसाले ४० भन्दा बढी नाटक, धेरै उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन्। यसका अलावा उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फोसाले प्रतिष्ठित अवार्ड पाउँदा आफू ‘अति अभिभूत र केही हदसम्म डराएको’ बताएका छन् । ६४ वर्षीय लेखकका प्रमुख कार्यहरूमा उपन्यासहरू बोथहाउस र मलान्कोली एक र दुई समावेश छन्। यता नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरेले भने, ‘यो सम्मानले पूरै देश आज गर्व गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने