साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक युन फोसालाई
बिहीबार, १८ असोज २०८०, १९ : ४७
स्टकहोम । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक युन फोसालाई प्रदान गरिएको छ । नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीले युन फोसाको अभिनव (प्रयोगात्मक) नाटक र गद्यले आफूलाई अभिव्यक्त गर्न नसक्नेलाई आवाज दिएको बताएको छ ।
सन् १९५९ मा जन्मिएका फोसाले ४० भन्दा बढी नाटक, धेरै उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन्। यसका अलावा उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।
फोसाले प्रतिष्ठित अवार्ड पाउँदा आफू ‘अति अभिभूत र केही हदसम्म डराएको’ बताएका छन् । ६४ वर्षीय लेखकका प्रमुख कार्यहरूमा उपन्यासहरू बोथहाउस र मलान्कोली एक र दुई समावेश छन्। यता नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरेले भने, ‘यो सम्मानले पूरै देश आज गर्व गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण