यूएईको मरुभूमिमा १५० बिरालो अलपत्र अवस्थामा फेला
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ ।
तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् ।
पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य’ को सामना गर्न आह्वान गरेको छ ।
समूहका वरिष्ठ उपाध्यक्ष जेसन बेकरले एएफपीसँग भने, 'बिरालोलाई मरुभूमिमा फ्याँकेर तिर्खा, भोकमरी र चर्को गर्मीका कारण मार्नका लागि छोड्ने व्यक्तिबारे सूचना दिनेलाई पाँच हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।'
यूएई अधिकारीहरूले बिहीबार अबुधाबीको मरुभूमिमा परित्यक्त बिरालोहरूको घटनाको अनुसन्धान सुरु गरेको घोषणा गरेका छन् । यद्यपि, उनीहरूले यी बिरालोहरू कति सङ्ख्यामा कहिले छोडिएका थिए भनेर निर्दिष्ट गरेनन् ।
यस ‘अमानवीय’ कार्यका दोषीहरूविरुद्ध सबै ‘प्रशासनिक र कानुनी उपायहरू’ प्रयोग गरिने अधिकारीहरूले बताएका छन् ।
बालुवामा पुरिएका वा मुस्किलले उभिन सक्ने बिरालोका तस्बिर र भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । एएफपीले तत्काल यसको प्रामाणिकता पुष्टि गर्न सकेको छैन ।
सन् २००७ मा नयाँ कानुन लागू भए पनि यूएई पशु संरक्षणमा ‘अन्य देशभन्दा पछि परेको’ आरोप लगाउँदै बेकरले भने, “क्रूरताको यो कार्य अरू धेरैले जस्तै छिपाउनु हुँदैन ।”-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण