मुख्यमन्त्रीको कुर्सीमा हैन सुकुलमा बसेर पनि प्रदेशका लागि काम गर्न सकिन्छ : हिक्मत कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कुनै पद र जिम्मेवारीमा नबसेर पनि प्रदेशको विकास, समृद्धि, शान्ति, सद्भावका लागि काम गर्न सकिने बताएका छन् । शनिवार कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने क्रममा संशोधन गरेका कार्कीले प्रदेशको हितका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।
उनले भने– ‘नेकपा एमाले जस्तोसुकै प्रकारको सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्नुपर्छ, त्यसका लागि मुख्यमन्त्रीको कुर्सीमा मात्र हैन, सभामुख उपसभामुखको कुर्सीमा मात्र हैन, प्रदेश सभाको माननीय सदस्यको हिसाबले मात्र हैन, हामी सुकुलमा बसेर पनि, बाहिर भुँइमा बसेर पनि यो प्रदेशको एकता, यो प्रदेशको स्थायित्व, शान्ति, प्रदेश संरचनाप्रतिको नकारात्मक टिप्पणी र यहाँको विकास र समृद्धिका लागि, यहाँको सामाजिक सद्भाव कायम राख्न, यहाँको गरिमालाई उच्च राख्न नेकपा एमाले जस्तो सुकै त्याग गर्न तयार छ ।’
उनले प्रदेशमा प्रत्येक काम गर्नका लागि पार्टीको माथिको आदेश पर्खने प्रवृत्ति रहेको र त्यसलाई सच्याउन आवश्यक रहेको बताए । उनले संविधान र कानुन अनुसार प्रदेशको हितका लागि माथिको मुख नताकी आफ्नै निर्णयमा काम गर्न अन्य दललाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण