मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

इजरायलको नेपाली दूतावासलाई हिब्रु भाषा जानेको  कर्मचारी भर्ना गर्न सरकारको अनुमति

मङ्गलबार, २३ असोज २०८०, १२ : ४४
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ ।  सरकारले द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेको नेपाली दूतावासमा हिब्रु भाषा जानेको एक जना कर्मचारी भर्ना गर्न अनुमति दिएको छ ।

गत असोज २० गते इजरायलमा हमास विद्रोहीको आक्रमणमा १० नेपालीको निधन र एक बेपत्ता भएपछि त्यहाँ उद्धार तथा सहयोगको काममा सहायताका लागि स्थानीय भाषा जानेको कर्मचारी नियुक्त गर्न दूतावासलाई अनुमति दिइएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जानकारी दिएका छन् । 

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री साउदले ५ हजार बढी नेपाली रहेको देशमा राजदूत सहित ३ कर्मचारीले बंकरमा लुक्दै पनि काम गरिरहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप