इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ११ घण्टा लामो बैठक चले पनि अन्तिम समयमा सम्झौता भाँडियो बताएका छन् ।
- ट्रम्पका अनुसार इरानी प्रतिनिधिहरूले बैठक सकिएपछि केही बुँदामा परिवर्तन गर्नुपर्ने बताएका थिए ।
- उनले इरानमाथि विगत ४७ वर्षदेखि अमेरिकी राष्ट्रपतिहरूलाई अल्झाएर राखेको आरोप लगाएका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ११ घण्टा लामो बैठक चले पनि उनीहरू अन्तिम समयमा पछि हटेको बताएका छन् । उनले इरानले अमेरिकासँग हुन लागेको सम्भावित सम्झौतालाई अन्तिम समयमा बदल्ने प्रयास गरेर भाँडेको आरोप लगाएका छन् । उनले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटको सञ्चालन गर्ने समेत बताएका छन् ।
फक्स न्युजसँग फोनमा कुराकानी गर्दै ट्रम्पले इरानसँगको हालैको वार्ताबारे विस्तृत रूपमा कुरा गरेका छन् । उनले इरानी प्रतिनिधिहरूसँग करिब ११ घण्टासम्म चलेको बैठकमा लगभग सबै मुद्दाहरूमा सहमति बनिसकेको दाबी गरे । उनले इरानले आइतबार ११ घण्टा लामो बैठक गरेको बताए।
ट्रम्पका अनुसार त्यस अवधिमा अमेरिकासँग हुन लागेको सम्भावित सम्झौताका हरेक विषयमा सहमति भइसकेको थियो । उनले यी मानिसहरूसँग हरेक कुरा टुङ्ग्याउन ११ घण्टा लाग्ने गरेको भन्दै वास्तवमा यो काम एक मिनेटमै भइसक्नुपर्ने विचार व्यक्त गरे ।
यद्यपि, उनका अनुसार बैठक सकिएपछि इरानी प्रतिनिधिहरू कोठाबाट बाहिरिएका थिए र पछि पुनः सम्पर्क गरेर आफूहरूले केही बुँदामा परिवर्तन गर्नुपर्ने बताएका थिए। यस विषयमा टिप्पणी गर्दै ट्रम्पले भने, ‘सधैँ यस्तै परिवर्तनहरू भइरहन्छन् । उनीहरू पेशेवर वार्ताकार हुन् र उनीहरूको काम नै यही हो । म त उनीहरू यस काममा धेरै राम्रा छन् भनेर पनि भन्दिनँ। तर उनीहरूले मबाट केही पनि हासिल गर्न सकेनन् ।’
यसका साथै ट्रम्पले इरानमाथि विगत ४७ वर्षदेखि अमेरिकी राष्ट्रपतिहरूलाई अल्झाएर राखेको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण