सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

रिगल प्रकरणमा प्रधानन्यायाधीशको ‘रिक्युजल’, कात्तिक १४ गते अर्को पेसी

बिहीबार, २५ असोज २०८०, १५ : ४७
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेका छन् । यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् । 

रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनी इजलासलाई जानकारी गराएका थिए । त्यसलगत्तै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको कारण अन्य न्यायाधीशको इजलासबाट सुनुवाइ हुनु उत्तम हुने भन्दै उनीहरुले समेत रिक्युजलको घोषणा गरेका थिए । 

यद्यपि खाजा समय अगाडिसम्म भने प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले रिट निवेदक र सरकारको तर्फबाट बहस सुनेका थिए । अपरान्ह २ बजे खाजा समयपछि भेटौँ भनेका न्यायाधीशत्रयले इजलासमा आएलगत्तै आफूहरुले हेर्न नमिल्ने हो कि भनेर महान्यायाधिवक्ता र रिट निवेदकलाई जानकारी गराए । त्यसपछि अन्य न्यायाधीशको इजलासमा सुनुवाइ गर्न उपर्युक्त हुने भन्दै अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप