सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा खटपट : कलेज स्थानान्तरणको विपक्षमा उपप्रमुख !

शुक्रबार, २६ असोज २०८०, २२ : ४९
शुक्रबार, २६ असोज २०८०

चितवन । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी वडा नम्बर ३ मा महानगरको सहमति बिना निर्माण गरिएको बालकुमारी कलेजलाई हटाउन असहमत देखिएका छन् । जबकि कलेजलाई हटाउने निर्णय उनी भरतपुर २१ को वडा अध्यक्ष हुँदा नै भएको माओवादी निकट जनप्रतिनिधिह?को दाबी छ।  

उनलाई काँग्रेसबाट निर्वाचित केही वडा सदस्यले कलेज सार्न नहुने दवाव दिएसँगै आफ्नै निर्णयको विपक्षमा उभिएको बताइएको छ ।  कलेज प्रस्तावित एचए कार्यक्रममा ४० जना विद्यार्थी एक महिना अघि भर्ना भएका र उक्त कार्यक्रमलाई सिएमए कार्यक्रम अपडेट गरी सिटिईभिटीबाट एचए कार्यक्रमको अनुमति लिएको र उक्त कार्यक्रम पूर्वाधार पुग्ने जुन सुकै ठाँउमा पढाउन सकिने र स्थान्तरणको कुनै समस्या नहुने एक पक्षको भनाइ छ । 

हाल बालकुमारी कलेजको भरतपुर–३ स्थित भवन ३२ कठ्ठा सार्वजनिक जग्गामा रहेको छ । जसअनुसार हाल त्रिविअन्तर्गत १५ सय विद्यार्थी प्लस टु मा ३ सय विद्यार्थी गरी कुल १८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । उक्त भवनमा ४५ सयसम्म विद्यार्थी अध्ययन गराउने मिल्ने पूर्वाधार रहेको छ ।

यही कलेज स्तान्तरणको विषयमा उपप्रमुख अधिकारीले भरतपुर महानगरमा असन्तुष्टि पोख्ने गरेका छन् । जसका कारण महानगरमा विवादको बिउ रोपिएको छ ।  यस्तै भरतपुरको वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले पनि यस्तै कार्य गरिएको महानगरपालिका एक कर्मचारीले बताए। 

हाल भरतपुरमा माओवादीबाट रेनु दाहाल मेयर रहेकी छन्  ।  उसो त अधिकारी न्यायिक समितिको काम छाडेर अन्य गतिविधिमा लाग्दा समितिमा परेका मुद्धा समयमा फर्छयौट हुन नसकेको गुनसो समेत बढेको छ। 

उनी कार्यपालिका बैठक छाडेर दलीय बैठकमा सहभागी हुँदै हिँड्ने र जनप्रतिनिधिलाई कानुनले दिएको अधिकार प्रयोग गर्न छाडी दलीय निर्देशन कार्यान्वन गराउन लगाउने जस्ता कार्यहरु गर्दै आएको असन्तुष्ट जनप्रतिनिधिहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप