बेल्जियम युरो २०२४ का लागि छनोट
शनिबार, २७ असोज २०८०, ०९ : ५९
भिएना । अस्ट्रियालाई पराजित गर्दै बेल्जियम जर्मनीमा हुने युरो २०२४ का लागि छनोट भएको छ । शुक्रबार भएको समूह एफ अन्तरगतको खेलमा बेल्जियम ३–२ गोलले विजयी भएको हो ।
डोडी लोकेबाकियोले खेलको १२ औँ मिनेटमा नै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै रोमेलु लुकाकुले बेल्जियमका लागि तेस्रो गोल थपे ।
खेलको अन्त्यतिर कोनराड लाइमेर र मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७८ औँ मिनेटमा अमाडो ओनानाले रातो कार्ड पाएपनि बेल्जियमले अस्ट्रियालाई रोक्न सफल भयो ।
जीतसँगै ६ खेलपछि बेल्जियम १६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । समूहको दोस्रो स्थानमा रहेको अस्ट्रियाको १३ अङ्क छ । तेस्रो स्थानमा रहेको स्वीडेन मात्र ६ अङ्कमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण