मोदीको कालापानी क्षेत्र भ्रमण भौगोलिक अखण्डतामाथिको प्रहार : नेकपा माले
काठमाडौँ । नेकपा (माले)ले भारतीय प्रधानमन्त्रीको कालापानी क्षेत्रमा भएको भ्रमणले नेपालको सम्प्रभूता र भौगोलिक अखण्डतामाथि प्रहार भएको जनाएको छ । सो पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको यो भ्रमण भारतीय हेपाहा प्रवृत्तिको पछिल्लो नाङ्गो उदाहरण भएको समेत जनाएको छ ।
सो पार्टीका महासचिव सीपी मैनालीले जारी गरेको विज्ञिप्तमा भनिएको छ : ‘भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले यहि असोज २५ गते नेपालको पश्चिम उत्तर सीमा नाकाको कालापानी क्षेत्रमा नेपाल सरकारको जानकारी र अनुमति बिना भ्रमण गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसप्रति यो ‘कम्फर्टेबल’ सरकार मौन रहनु भर्त्सनायोग्य रहस्य बनेको छ । यो भारतीय हेपाहा प्रवृत्तिको पछिल्लो नाङगो उदाहरण हो ।’
विज्ञप्तिमा ‘हातहतियारसहित भारतका प्रधानमन्त्री र उनका सुरक्षाकर्मीहरु मनलाग्दो गरी नेपालका गाउँ गाउँ डुलेको जनाउँदै देशमाथिको यो ठाडो हस्तक्षेपलाई सरकारले अनदेखा गर्नु निन्दनीय छ’ भनिएको छ ।
‘के वर्तमान सत्तधारी जमातले नेपालको (४०० वर्ग किमी भएको) कालापानी क्षेत्र भारतलाई सुम्पिन खोजेको हो ? विज्ञप्तिमार्फत सो पार्टीले प्रश्न गरेको छ । नेकपा मालेले यसबारे सरकारले शीघ्रतीशीघ्र आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न माग समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण