‘उपहारमा कार पाउनुभयो’ भन्दै पुलिससँगै ८२ हजार रुपैयाँ ठगी
काठमाडौँ । आम नागरिक ठगीमा पर्दा उजुरी गर्न जाने निकाय हो प्रहरी संगठन तर, प्रहरी कर्मचारीलाई नै कसैले ठगी गर्न सक्छ भने सर्वसाधारणको अवस्था के होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
भारतको उत्तर प्रदेश राज्यको बान्दामा ठगहरुको एउटा गिरोहले पुलिसलाई नै ठगी गरेको छ । सो क्षेत्रका एसपी अंकुर अग्रवालका अनुसार ठगीमा संलग्न एक सदस्यले एक जना प्रहरीलाई फोन गरेर ‘तपाईंको छोराले एउटा प्रतियोगितामा सफारी गाडी जितेको छ’ भन्दै फोन गरेका थिए ।
ठगीमा संलग्न गिरोहका तर्फबाट ती प्रहरीलाई आधार कार्ड, बैंक खाता र केही अन्य डिटेल मागिएको थियो । प्रतियोगितामा जितेको गाडी पठाउन आवश्यक प्रक्रिया पूरा गर्नका लागि भन्दै विभिन्न डकुमेन्ट र आवश्यक जानकारी चाहिएको भनेर उनीहरुले ती पुलिसलाई विश्वासमा पारेका थिए ।
तर केही समयपछि ती प्रहरीको बैंक खाताबाट ८२ हजार रुपैयाँ निकालिएको म्यासेज मोबाइल फोनमा आयो । त्यसपछि ती प्रहरीले आफ्नो बैंक खाता बन्द गरेर एसपी अंकुर अग्रवाललाई घटनाबारे जानकारी गराएको बताइएको छ ।
एसपी अग्रवालले तत्कालै कारबाही प्रारम्भ गर्दै झारखण्डमा बस्दै आएका ४ जनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएका छन् । ठगीमा संलग्न ती चार जना झारखण्ड निवासी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण