रोहितको ‘कप युनिभर्स’मा दीपिकाको इन्ट्री, बनिन् ‘लेडी सिंघम’
काठमाडौँ । रोहित शेट्टी आफ्नो चर्चित ‘कप युनिभर्स’ को नयाँ फिल्म ‘सिंघम अगेन’ मा काम गरिरहेका छन् । यो फिल्म सिंघमको तेस्रो भाग हो । यस फिल्ममा अजय देवगनसँगै अक्षय कुमार, रणवीर सिंह, करीना कपूर र दीपिका पादुकोण पनि देखिनेछन् । आइतबार रोहितले यस फिल्मको दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।
यस फस्ट लुकमा दीपिका प्रहरीको वर्दीमा निकै देखिएकी छिन् । एउटा तस्विरमा हातमा बन्दुक लिएर मुस्कुराएकी छिन् भने अर्को तस्विरमा उनले गुण्डालाई मारिरहेको देख्न सकिन्छ । दीपिकाको यो क्यारेक्टरको परिचय दिँदै रोहितले लेखेका छन्, ुनारी सीताको रूप हो र दुर्गाको पनि.... हाम्रो ‘कप युनिभर्स’ को सबैभन्दा क्रूर र हिंस्रक अधिकारीलाई भेट्नुहोस्....शक्ति शेट्टी... माई लेडी सिंघम...दीपिका पादुकोण ।’
रोहितको यो पोस्टमा दीपिकाका श्रीमान रणवीर सिंहले पनि कमेन्ट गरेका छन् । रणवीरले लेखे, ‘आली रे आली....। रोहितले यसअघि दीपिका पादुकोणसँग चेन्नई एक्सप्रेसमा पनि काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण