मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रोहितको ‘कप युनिभर्स’मा दीपिकाको इन्ट्री, बनिन् ‘लेडी सिंघम’

आइतबार, २८ असोज २०८०, १६ : ४४
आइतबार, २८ असोज २०८०

काठमाडौँ । रोहित शेट्टी आफ्नो चर्चित ‘कप युनिभर्स’ को नयाँ फिल्म ‘सिंघम अगेन’ मा काम गरिरहेका छन् । यो फिल्म सिंघमको तेस्रो भाग हो ।  यस फिल्ममा अजय देवगनसँगै अक्षय कुमार, रणवीर सिंह, करीना कपूर र दीपिका पादुकोण पनि देखिनेछन् । आइतबार रोहितले यस फिल्मको दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेका छन् । 

यस फस्ट लुकमा दीपिका प्रहरीको वर्दीमा निकै देखिएकी छिन् । एउटा तस्विरमा हातमा बन्दुक लिएर मुस्कुराएकी छिन् भने अर्को तस्विरमा उनले गुण्डालाई मारिरहेको देख्न सकिन्छ । दीपिकाको यो क्यारेक्टरको परिचय दिँदै रोहितले लेखेका छन्, ुनारी सीताको रूप हो र दुर्गाको पनि.... हाम्रो ‘कप युनिभर्स’ को सबैभन्दा क्रूर र हिंस्रक अधिकारीलाई भेट्नुहोस्....शक्ति शेट्टी... माई लेडी सिंघम...दीपिका पादुकोण ।’ 

रोहितको यो पोस्टमा दीपिकाका श्रीमान रणवीर सिंहले पनि कमेन्ट गरेका छन् । रणवीरले लेखे, ‘आली रे आली....। रोहितले यसअघि दीपिका पादुकोणसँग चेन्नई एक्सप्रेसमा पनि काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप