नर्वेलाई हराउँदै स्पेन युरो २०२४ मा छनोट
सोमबार, २९ असोज २०८०, ०६ : ३७
ओस्लो । नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । योसँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो ।
बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो ।
अर्लिङ हालान्डको नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौका पाउनेछ । नर्वे पछिल्लोपटक सन् २००० को युरोमा सहभागी भएको थियो । यसका लागि पनि नर्वे समूहको तेस्रो स्थानमा रहनुपर्नेछ भने समूह जीबाट सर्बिया छनोट हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण