रूसद्वारा जापानी माछा तथा समुद्री खाना आयातमा अस्थायी प्रतिबन्ध
एजेन्सी । रूसले जापानबाट आयात हुने माछा र समुद्री खानामा अस्थायी प्रतिबन्धात्मक उपाय अपनाएको रूसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरले सोमबार जानकारी गराएको छ ।
रोसेलखोज्नाडजोरका अनुसार अक्टोबर १६ देखि रूसले जापानबाट माछा र समुद्री खानाको आयातमा अस्थायी प्रतिबन्ध लगाउनेछ ।
यो निर्णय स्वास्थ्यको ‘सावधानीको उपाय’ को रूपमा लिइएको छ र मस्कोलाई जापानी माछा र समुद्री भोजन उत्पादनहरूको सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्धहरू कायम रहने बताइएको छ ।
फुकुशिमा आणविक दुर्घटना विश्वको अहिलेसम्मकै सबैभन्दा गम्भीर आणविक दुर्घटनामध्ये एक हो । सन् २०११ को मार्चमा आएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीको चपेटामा परेको फुकुशिमा आणविक ऊर्जा केन्द्रमा एक भाग क्षतिग्रस्त भएको थियो ।
जसका कारण ६० भन्दा बढी रेडियोधर्मी तत्वहरू भएको ठूलो मात्रामा दूषित पानी उत्पन्न भएपछि १.३ मिलियन टन भन्दा बढी आणविक–दूषित अपशिष्ट जल भण्डारण गरेको प्लान्टको अपरेटर टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले जनाएको छ । प्लान्टले १।३ मिलियन टन भन्दा बढी आणविक–दूषित फोहोर पानी भण्डारण गरेको थियो । जसलाई प्रशोधनपछि समुद्रमा फाल्न थालिएको छ र यसको सम्पूर्ण पानी समुद्रमा पठाउन ३० वर्ष भन्दा बढी लामो योजना जारी रहनेछ ।
घरेलु मछुवाहरू, छिमेकी देशहरू र विश्वव्यापी वातावरणीय विशेषज्ञहरूको विरोधको बावजुद, जापानले अगस्ट २४ मा समुद्रमा आफ्नो आणविक दूषित पानीको पहिलो चरणको रिलीज र अक्टोबर ५ मा दोस्रो चरणको रिलीज सुरु गरेपछि एशिया–प्रशान्त देशहरूबाट विरोध, विशाल ¥याली र आक्रोशलाई बढावा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण