चीनलाई उन्नत चीपको बिक्रीमा बाइडेन प्रशासनले गर्यो थप कडाइ
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारले चीनलाई उन्नत कृत्रिम बौद्धिकतायुक्त चीपको विक्रीमा थप कडाइ गरेको छ । मंगलबार सार्वजनिक गरिएका प्रतिबन्धका उपायहरूमा यस प्रतिबन्धमा एनभिडिया र अन्य कम्पनीलाई पनि सामेल गरिएको छ । यो नियम ३० दिनभित्र लागू हुनेछ ।
यसमा इरान र रुससमेतलाई परिष्कृत चीप र चीप बनाउने टूलको प्रयोगमा व्यापक कडाइ गरिएको छ भने चीनको चीप डिजाइनर मूर थ्रेड र बाइरेनलाई कालो सूचीमा राखिएको छ । नयाँ नियमले गएको अक्टोबरमा सार्वजनिक नियमनमा रहेको छिद्रहरूलाई पूरै टाल्न खोजिएको वाणिज्य मन्त्री जिना राइमन्डोले भनेकी छिन् । चीनले सैन्य गतिविधिमा प्रयोग गर्न सक्ने कृत्रिम बौद्धिकता र परिष्कृत कम्प्युटरको विकासलाई रोक्न उन्नत चीप चीनको पहुँच सीमित बनाउन खोजिएको उनले बताइन् ।
बाइडेन प्रशासनले चीनलाई आर्थिक रूपमा क्षति पुर्याउन भने नखोजेको उनको जिकिर थियो । उन्नत चीप किन्न रोक लगाएपनि चीनले खर्बौँ डलर मूल्यका अमेरिकी चीप आयात गर्न पाउने उनले बताइन् ।
अमेरिकाले लगाएको नयाँ प्रतिबन्धको चीनले कडा विरोध गरेको छ । चिनियाँ सेनाको आधुनिकीकरणमा अमेरिकी प्रविधिले भूमिका खेलेको भन्दै चौतर्फी चिन्ता बढिरहेकै बेलामा ल्याइएको पछिल्लो उपायले भने बाइडेन प्रशासन चीनतर्फ चीप र चीप बनाउने टूल निकासी सुस्त बनाउन संघर्षरत रहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण