गठबन्धनलाई मजबुत बनाउन धेरै त्याग गरिएको छ, नजरअन्दाज नगरियोस् : माओवादी
विराटनगर । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई आफ्नो पार्टीले गरेको त्यागलाई नजरअन्दाज नगर्न चेतावनी दिएको छ ।
प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप्रसाद चापागाईँले यस्तो चेतावनी दिएका हुन् । उनले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको स्मरण पनि गराए ।
प्रदेशसभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरू निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नियमित संसद् चल्न नसक्दा जनताको आवाज बोल्न नपाइएको र अनुगमन लगायतका काम हुन नसकेको उनले बताए ।
‘हामीलाई प्रदेशसभाभित्र रहेका सांसदहरूसँग अन्तरघुलनकै समस्या भइरहेको छ । आजबाट एउटा अनिश्चय र आशङ्काको अन्त्य हुनेछ,’ उनले भने ।
उनले प्रदेशको सुशासन र विकासलाई तीव्रता दिनुपर्ने, स्थायित्व दिन पनि लाग्नुपर्ने बताउँदै उनले प्रदेशमा देखिएको अस्थिरताको अन्त्य गर्नका लागि गठबन्धनको निर्णयअनुसार माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिए । विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षीमा बस्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण