आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

बिहीबार, ०२ कात्तिक २०८०, ०७ : २३
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी आव्हान गरेको हो । 

दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भौचर प्रिन्ट गरी तोकिएका बैङ्कबाट नगद समेत बुझाउन सकिने आयोगले जनाइएको छ ।

यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले समावेशी समूहमा आवेदन दिन प्रचलित कनुनबमोजिम योग्य उम्मेदवारले समेत यस सूचना बमोजिम समावेशी समूहमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । थप समावेशी समूहमा दरखास्त पेस गर्दा उक्त थप समूहको मात्र दस्तुर लाग्नेछ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप