लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी
बिहीबार, ०२ कात्तिक २०८०, ०७ : २३
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी आव्हान गरेको हो ।
दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भौचर प्रिन्ट गरी तोकिएका बैङ्कबाट नगद समेत बुझाउन सकिने आयोगले जनाइएको छ ।
यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले समावेशी समूहमा आवेदन दिन प्रचलित कनुनबमोजिम योग्य उम्मेदवारले समेत यस सूचना बमोजिम समावेशी समूहमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । थप समावेशी समूहमा दरखास्त पेस गर्दा उक्त थप समूहको मात्र दस्तुर लाग्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण