नेटफ्लिक्सले बढायो शुल्क
काठमाडौँ । स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले सब्सक्रिप्शन शुल्क बढाएको छ । बुधबारदेखि लागू हुने गरी अमेरिका, बेलायत र फ्रान्समा शुल्क बढाएको हो । यो वर्षको तेस्रो त्रैमासमा नेटफ्लिक्समा ९० लाख सब्सक्राइबर आबद्ध भएका थिए । यो वाल स्ट्रिटका विश्लेषकहरूले गरेको प्रक्षेपण भन्दा निकै धेरै हो ।
चालु त्रैमासमा पनि सोही संख्यामा सब्सक्राइबर थपिने आशा कम्पनीले गरेको छ । यसले हलिउडमा हडताल जारी रहेपनि नेटफ्लिक्सलाई नछोएको देखाएको छ । नेटफ्लिक्सले आफ्ना कयौँ शो र फिल्म विदेशमा बनाउने गरेको छ ।
नेटफ्लिक्सले अमेरिकामा प्रिमियम एडरहित योजनाको शुल्क ३ डलरले बढाएर २२ डलर ९९ सेन्टमा पुर्याएको छ । प्रिमियम शुल्क बेलायत र फ्रान्समा पनि २ पाउन्ड र २ युरो बढाएर क्रमशः १७ पाउन्ड ९९ सेन्ट र १९ पाउन्ड ९९ सेन्ट पुर्याइएको छ । यो खबर सार्वजनिक भएपछि बुधवारको कारोबारमा कम्पनीको शेयर मूल्य १३ प्रतिशतले बढेको थियो । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण