कोशी प्रदेशमा अहिले जे जस्तो छ त्यस्तै मिलाएर जाने हो : कोइराला
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा अहिले जे छ त्यसैलाई मिलाएर जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
नेता कोइरालाले दसैँ अगाडि कोशी प्रदेशमा सरकार विस्तार नहुने बताए । सरकारमा गठबन्धनलाई मिसाउने वा नमिसाउने भन्ने विषयमा जवाफ दिँदै कोइरालाले भने, ‘कोशी प्रदेशमा अहिले जे छ त्यसैलाई मिलाएर जाने हो ।’
उनले विशिष्ट अवस्थामा कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य भएको बताए । त्यही अनुसार अरू प्रदेश र संघीय सरकार पनि परिवर्तन हुने हल्ला चलिरहेका बेला कोइरालाले भने अरू प्रदेश र संघीय सरकारमा एमालेसँग सहकार्य नहुने स्पष्ट पारे ।
कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि मात्र एमालेसँग सहकार्य गर्नुपर्ने परिस्थिति बनेको बताउँदै उनले यस्तो बताएका हुन् । ‘कोशीमा विशेष खालको परिस्थिति थियो,’ उनले भने, ‘तपाईंहरूले पनि बुझ्नु भएकै छ । केन्द्रमा पनि गठबन्धनसँगै बहुमत भएकाले कहीँ कतै पनि सरकार परिवर्तन हुँदैन ।’
नेकपा एमालेसँग सहकार्य नगरेको भए कोशी प्रदेश मध्यावधिमा जाने निश्चित रहेको उनले दाबी गरे । ‘कोशीमा अहिले पनि हेर्नुहोस् त राप्रपाले विपक्षमा भोट हाल्यो नि ! त्यो बेला पनि हालेको भए त मध्यावधिमा जान्थ्यो नि ! राप्रपाले सभापति जीसँग, प्रधानमन्त्री जीसँग कुरा गरेकै होला । हामीसँग पनि केन्द्रका नेताहरूले कुरा गरेकै थिए । राप्रपाले भनेको कुरा बुझेर पनि यहाँ अहिले यस्तो बनेको हो,’ उनले भने ।
नेता कोइरालाले अहिलेको सरकारले बिग्रँदै गएको अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लगाउँदै अर्थतन्त्र बिग्रनुमा प्रधानमन्त्री, अर्थमन्त्रीको तथा गभर्नर जिम्मेवार रहेको बताए । उनले गठबन्धनका कारण भने अर्थतन्त्रमा समस्या नआएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण