त्रिकोणात्मक टी—२० क्रिकेट
कुशल मल्लले पुरा गरे अर्धसतक
शनिबार, ०४ कात्तिक २०८०, १२ : २४
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धसतक पुरा गरेका छन् । पाँचौँ नम्बरका क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ५४ रन बनाएका हुन् । उनले छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन् ।
नेपालले १७ ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनाएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाउँदै कुशललाई साथ दिइरहेका छन् ।
जारी शृङ्खलामा नेपालले यो तेस्रो खेल खेलिरहेको हो । यसअघि खेलिएको दुवै खेलमा नेपाल विजयी भएको थियो । जारी शृङ्खलामा तेस्रो राष्ट्रका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण