बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको हारको शृङ्खला अन्त्य

आइतबार, ०५ कात्तिक २०८०, ०६ : ०७
आइतबार, ०५ कात्तिक २०८०

इतिहाद । ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो हारबाट जोगिएको छ । शनिबार साँझ भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो ।

यसअघि पेप ग्वार्डिओलाको टोली वूल्भ्स र आर्सनलसँग पराजित भएको थियो । सिटीले पेपको नेतृत्वमा हालसम्म लगातार तीन खेल हारेको छैन । 

साबिक विजेता टोलीले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । जुलियन अल्भारेजले जेरेमी डोकुको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । १९ औँ मिनेटमा अर्लिङ हालाल्डले तीन खेलमा आफ्नो गोलविहीन शृङ्खला अन्त्य गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ७३ औँ मिनेटमा अन्सु फातीले ब्राइटनका लागि गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । ब्राइटनले थप गोलका लागि सिटीलाई दबाब दिए पनि सफल हुन सकेन । इन्जुरी समयमा एकान्जीले दोस्रो पहेँलो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो ।

जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ । १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप