सिटीको हारको शृङ्खला अन्त्य
इतिहाद । ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो हारबाट जोगिएको छ । शनिबार साँझ भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो ।
यसअघि पेप ग्वार्डिओलाको टोली वूल्भ्स र आर्सनलसँग पराजित भएको थियो । सिटीले पेपको नेतृत्वमा हालसम्म लगातार तीन खेल हारेको छैन ।
साबिक विजेता टोलीले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । जुलियन अल्भारेजले जेरेमी डोकुको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । १९ औँ मिनेटमा अर्लिङ हालाल्डले तीन खेलमा आफ्नो गोलविहीन शृङ्खला अन्त्य गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ७३ औँ मिनेटमा अन्सु फातीले ब्राइटनका लागि गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । ब्राइटनले थप गोलका लागि सिटीलाई दबाब दिए पनि सफल हुन सकेन । इन्जुरी समयमा एकान्जीले दोस्रो पहेँलो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो ।
जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ । १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण