पूर्वकप्तानको टोलीसँग बराबरीमा रोकियो रियल
आइतबार, ०५ कात्तिक २०८०, ०७ : ११
सेभिया । रियल मड्रिड पूर्व कप्तान सर्जियो रामोशको टोली सेभियासँग बराबरीमा रोकिएको छ । रियलका लागि १६ सिजनमा ६७१ खेल खेलेका रामोश यतिबेला आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् ।
पेरिस सेन्ट जर्मेनमा दुई सिजन बिताएर ३७ वर्षीय रामोश यो सिजन सेभिया पुगेका हुन् । उनको टोलीले पूर्व क्लबविरुद्ध खेलको ७४ औँ मिनेटमा अग्रता लिएको थियो । डेभिड अलाबाले रियलका लागि आत्मघाती गोल गरेका थिए ।
तर, चार मिनेटपछि नै ड्यानी कार्भाहालले रियलका लागि बराबरी गोल फर्काए । यसअघि कार्भाहालले इभान र्याकिटिचको प्रहार गोल लाइनमा जोगाएका थिए ।
बराबरीका बावजुद रियल लिगको शीर्ष स्थानमा कायम छ । ९ खेलपछि रियलको २४ अंक छ भने दोस्रो स्थानमा रहेको जिरोनाको २२ अंक रहेको छ । २१ अंकसहित बार्सिलोना लिगको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण