आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फक्सकोनमाथि चीनले थाल्यो छानबिन

सोमबार, ०६ कात्तिक २०८०, १५ : २४
सोमबार, ०६ कात्तिक २०८०

चीन । चीनले ताइवानी चिप निर्माता कम्पनी फक्सकोनमाथि छानबिन सुरु गरेको छ । चीनको अंग्रेजी भाषाको सरकारी पत्रिका द ग्लोबल टाइम्सले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो । चिनियाँ अधिकारीहरूले दुई चिनियाँ प्रान्तमा रहेको फक्सकोनको व्यवसाय करबारे पनि सोधपुछ गरेको छ ।

यो छानबिनमा चिनियाँ अधिकारीहरूलाई सघाउने फक्सकोनले बताएको छ । फक्सकोन अमेरिकी टेक जायन्ट एप्पलको लागि आइफोन बनाइदिने कम्पनी हो । यो विश्वमै सबैभन्दा धेरै कर्मचारी भएको कम्पनी पनि हो । द ग्लोबल टाइम्सका अनुसार चीनको प्राकृतिक स्रोत विभागले हनन र हुपई प्रान्तमा फक्सकोनले प्रयोग गरेको जमिनको विषयमा अन–साइट अनुसन्धान गरेको छ । जनवरीमा ताइवनको राष्ट्रपति निर्वाचन हुँदै छ ।

सो निर्वाचनमा फक्सकोनको संस्थापक टेरी गोउ ताइवनको स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् । निर्वाचनले चीनसँग ताइवानको सम्बन्धमा  उल्लेख्य प्रभाव पार्ने अपेक्षा गरिएको छ । गएको एक वर्षमा चीन र ताइवानको सम्बन्ध निकै बिग्रिएको छ । गोउ राष्ट्रपति निर्वाचनमा उठेकै कारण फक्सकोनमाथि छानबिन गरिएको ताइवानमा धेरैले आशंका गरेको समेत समाचारमा भनिएको छ । यो छानबिन सामान्य र वैध भएको अनि जुनसुकै कम्पनीमाथि कर निरीक्षण हुन सक्ने पत्रिकाको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप