फक्सकोनमाथि चीनले थाल्यो छानबिन
चीन । चीनले ताइवानी चिप निर्माता कम्पनी फक्सकोनमाथि छानबिन सुरु गरेको छ । चीनको अंग्रेजी भाषाको सरकारी पत्रिका द ग्लोबल टाइम्सले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो । चिनियाँ अधिकारीहरूले दुई चिनियाँ प्रान्तमा रहेको फक्सकोनको व्यवसाय करबारे पनि सोधपुछ गरेको छ ।
यो छानबिनमा चिनियाँ अधिकारीहरूलाई सघाउने फक्सकोनले बताएको छ । फक्सकोन अमेरिकी टेक जायन्ट एप्पलको लागि आइफोन बनाइदिने कम्पनी हो । यो विश्वमै सबैभन्दा धेरै कर्मचारी भएको कम्पनी पनि हो । द ग्लोबल टाइम्सका अनुसार चीनको प्राकृतिक स्रोत विभागले हनन र हुपई प्रान्तमा फक्सकोनले प्रयोग गरेको जमिनको विषयमा अन–साइट अनुसन्धान गरेको छ । जनवरीमा ताइवनको राष्ट्रपति निर्वाचन हुँदै छ ।
सो निर्वाचनमा फक्सकोनको संस्थापक टेरी गोउ ताइवनको स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् । निर्वाचनले चीनसँग ताइवानको सम्बन्धमा उल्लेख्य प्रभाव पार्ने अपेक्षा गरिएको छ । गएको एक वर्षमा चीन र ताइवानको सम्बन्ध निकै बिग्रिएको छ । गोउ राष्ट्रपति निर्वाचनमा उठेकै कारण फक्सकोनमाथि छानबिन गरिएको ताइवानमा धेरैले आशंका गरेको समेत समाचारमा भनिएको छ । यो छानबिन सामान्य र वैध भएको अनि जुनसुकै कम्पनीमाथि कर निरीक्षण हुन सक्ने पत्रिकाको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण