बंगलादेशमा दुई रेल एक आपसमा जुध्दा कम्तीमा २० जनाको मृत्यु
ढाका । बंगलादेशमा सोमबार दिउँसो दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । ढाका ट्रिब्युन पत्रिकाका अनुसार घटनामा हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । करिब एक सय जना घाइते भएका छन् । जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
यो दुर्घटना किशोरगञ्ज क्षेत्रमा भएको हो । ट्र्याकमा उभिएको मालगाडीसँग यात्रुवाहक रेल ठोक्किएको हो । यात्रुवाहक रेलको डिब्बामा अझै धेरै मानिस फसेका छन् । उद्धार टोली घटनास्थलमा छ ।
स्थानीय प्रहरी अधिकारी अब्दुल अलीम सिकदारले भने – घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । केही मानिस अझै पनि रेल मुनि र डिब्बामा फसेका छन् । उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ । यात्रुवाहक रेलका दुई डिब्बा पूर्णरुपमा ध्वस्त भएका छन् । घटना दिउँसो ४ बजेतिर भएको हो ।
यस दुर्घटनापछि ढाका–चटगाउँ र सिल्हेत–किशोरगञ्ज ट्र्याकमा रेल सेवा रोकिएको छ । ट्र्याकमा धेरै क्षति पुगेको छ ।
प्रारम्भिक जानकारीका अनुसार मालवाहक रेलका चालकले सिग्नल पाए पनि रेललाई अर्को ट्र्याकमा सार्न नसकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अर्कोतर्फबाट आउँदै गरेको यात्रुवाहक रेलका चालकले कोसिस गर्दा पनि दुर्घटना रोक्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण