सन् २०३० सम्ममा विद्युतीय कार १० गुणा बढ्ने अनुमान
न्यूयोर्क । सन् २०३० सम्म पुग्दा संसार निकै फेरिसक्नेछ । अहिले विश्वभरका सडकमा जति विद्युतीय कार गुडिरहेका छन् सन् २०३० मा सोको १० गुणा पुग्नेछ । अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)ले मंगलबार यस्तो बताएको हो । आईईएले सार्वजनिक गरेको ‘वल्र्ड इनर्जी आउटलुक २०२३’का अनुसार सो अवधिसम्ममा विश्वमा उपलब्ध हुने कूल विद्युतमा नवीकरणीय बिजुलीको अनुपात ५० प्रतिशत पुग्नेछ । यो अनुपात अहिले ३० प्रतिशत छ ।
‘विश्वभर नै स्वच्छ ऊर्जामा व्यापक परिवर्तन भइरहेको छ र यो परिवर्तन रोकेर रोकिन्न । प्रश्न यो हुन्छ कि हुन्न भन्ने नै होइन । कति छिटो भन्ने मात्रै हो । यो परिवर्तन जति छिटै हुन्छ त्यति नै हामी सबैका लागि उत्तम हो,’ आईईएका कार्यकारी निर्देशक फाती बिरोलले भने ।
नयाँ अफशोर वायु ऊर्जा परियोजनामा लगानी पनि सन् २०३० सम्ममा तीन गुणाले बढ्ने बताइएको छ । समयमै देशहरुले राष्ट्रिय ऊर्जा र जलवायुसम्बन्धी वाचा पूरा गरे भने स्वच्छ ऊर्जाले सोचेभन्दा राम्रो प्रगति गर्ने प्रतिवेदनमा आईईएले भनेको छ । तर तर विश्वको तपामान वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित बनाउने लक्ष्य हासिल गर्न भने थप कठोर उपायहरु अपनाउनु पर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण