सामाजिक सञ्जालले सम्बन्धलाई बिगारिरहेको त छैन ?
काठमाडौं । सामाजिक सञ्जालको यो जमानमा स्वस्थकर सम्बन्ध कायम गर्न निकै कठिन छ । केही गल्ती र त्रुटीले सम्बन्ध नै बिग्रन सक्छ । विशेषगरी बिहे जस्ता सम्बन्धहरु । आज हामी तपाईको सम्बन्धलाई कमजोर पार्न सक्ने सामाजिक सञ्जालसँग सम्बन्धित यस्तै केही त्रुटीहरुबारे कुरा गर्न गइरहेछौं । तपाईले पनि यस्तै गल्ती त गरिरहनु भएको छैन ?
ओभर शेयरिङः सामाजिक सञ्जालहरुमा पार्टनरको अनुमति बिनै सम्बन्ध अनि पर्सनल लाइफसम्बन्धी चिजहरु लगातार शेयर गरिरहनु भएको छ कि ? तपाईलाई सामाजिक सञ्जालमा निजी जीवनबारे शेयर गर्न मन पर्ला । तर तपाईको पार्टनरलाई यो सब मन नपर्न पनि सक्छ ।
सार्वजनिक तर्कः दुई जनाबीच झगडा भएको छ । तर तपाईले यसबारे सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्नु भएको छ भने यो बानी आपसी सम्बन्धका लागि खतरनाक साबित हुन सक्छ । यस्तो गर्दा सम्बन्धको तितो सत्य सामाजिक सञ्जालमा जोडिएकाहरु सामु छताछुल्ल हुन्छ । आपसी झगडा शेयर गर्दा मानिसले तपाईलाई जज गर्छन् । आपसी झगडाहरु आपसमै सुल्झाउनुस् ।
सम्बन्धलाई अरुसँग तुलना गर्नेः सामाजिक सञ्जालमा अरु कुनै कपलसँग आफ्नो सम्बन्धको तुलना गर्नु पनि ठिक होइन । सामाजिक सञ्जालमा हामी जे देख्छौं त्यो सधैं सही हुँदैन । कुनै फोटो वा पोष्टले सो कपलको वास्तविक सम्बन्ध देखाउँदैन । त्यसलाई हेरेर आफ्नो सम्बन्ध दाँज्नु हुन्न ।
एक अर्कालाई समय नदिनेः सामाजिक सञ्जालमा वा फोनमा दिनभर झुन्डिएर धेरैले आफ्नो पार्टनरलाई समय दिँदैनन् । सँगै हुँदा पनि आ–आफ्नो मोबाइलमै व्यस्त रहन्छ । यस्तो गर्दा पार्टनरसँग विस्तारै दूरी बढ्न थाल्छ । सामाजिक सञ्जालमा धेरै समय बिताउनुको सट्टा पार्टनरसँग कुराकानी गर्नुहोस् । सम्बन्ध मजबुत बनाउन मद्दत मिल्छ ।
फ्लर्ट गर्नेः सामाजिक सञ्जालमा अर्को व्यक्तिसँग फ्लर्ट गर्ने वा अरु कसैको पोष्टमा रोमान्टिक रुची देखाउने गर्दा तपाईको आफ्नै सम्बन्धमा नराम्रो असर गर्न सक्छ । तपाईमाथि तपाईको पार्टनरको विश्वास समाप्त हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण