एक रन बनाउँदै आउट भए कुशल मल्ल
शुक्रबार, १० कात्तिक २०८०, ११ : ३८
काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालको दोस्रो विकेटका रूपमा कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई बलको सामना गरी एक रन बनाउँदै आउट भएका हुन् । ६।४ ओभरमा उनी आउट हुँदा नेपालले दुई विकेट गुमाएर ६३ रन बनाएको छ । उनलाई पनि युएईका बलर आयान अफजल खानले बोल्ड गरे ।
यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण