इमरान खानको चिन्ता, ‘मलाई जेलमा विष खुवाउन सक्छन्’
शुक्रबार, १० कात्तिक २०८०, १८ : १८
रावलपिंडी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफूमाथि फेरि एक पटक घातक हमला हुन सक्ने दाबी गरेका छन् । इमरान खान अहिले रावलपिंडीको अदियाला जेलमा सिफर मुद्दामा बन्दी छन् ।
उनले जेलमा बिस्तारै काम गर्ने विष खुवाउन सकिने बताएका छन् । इमरान खानको परिवारले ट्वीटरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म देश छाड्न तयार नहुने भएकाले मेरो ज्यानमा स्वाभाविक खतरा छ । म जेलमा हुँदा तिनीहरूले मेरो जीवन अन्त्य गर्न अर्को प्रयास गर्न सक्छन्। उनीहरुले बिस्तारै काम गर्ने विष मार्फत यो प्रयास गर्न सक्छन्।’
यसअघि सार्वजनिक सभाका क्रममा इमरान खानमाथि घातक हमला भएको थियो जसमा उनी घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । यस हमलापछि इमरान खानले पाकिस्तान सरकारमा उच्च पदमा रहेका व्यक्तिहरूमाथि गम्भीर आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण