शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलिङह्याम चम्किँदा एल क्लासिकोमा रियल विजयी

शनिबार, ११ कात्तिक २०८०, २२ : १७
शनिबार, ११ कात्तिक २०८०

क्याम्प नाउ । जुड बेलिङह्यामले आफ्नो गोल वर्षा जारी राख्दा रियल मड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई एल क्लासिकोमा पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल २–१ गोलले विजयी बनेको हो ।

घरेलु टोली बार्साले खेलको छैटौँ मिनेटमा नै अग्रता बनाएको थियो । इल्के गुन्डोगानले टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६८ औँ मिनेटमा बेलिङह्यामले ३० यार्ड टाढाबाट गोल गर्दै खेल बराबरी गरे ।

खेल बराबरीतर्फ अघि बढिरहँदा इंग्ल्याण्डका मिडफिल्डरले लुका मोड्रिचको पासमा इन्जुरी समयमा गोल गर्दै रियललाई शानदार जीत दिलाए । २० वर्षीय खेलाडीले यो सिजन देश र क्लबका लागि १६ खेलमा १३ गोल गरेका छन् । ला लिगामा उनको सुरुवाती १० खेलमा १० गोल पुगेको छ ।

जीतसँगै रियल २८ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । समान अङ्क रहेको जिरोना दोस्रो स्थानमा छ । २४ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप