फाइनलमा जवाफी ब्याटिङ गरेर उपाधि चुम्ने पहिलो राष्ट्र
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनल खेलमा जवाफी ब्याटिङ गरेर उपाधि जित्ने पहिलो राष्ट्र श्रीलंका हो । श्रीलंकाले यस्तो उपलब्धि सन् १९९६ को विश्वकपमा हासिल गरेको थियो । त्यो विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए ।
त्यसअघिको विश्वकपमा सबै टोलीले आफ्ना टोलीलाई रनको अन्तरले हराउँदै आएका थिए । अर्थात् फाइनलमा पहिले ब्याटिङ गरेको टोलीले नै उपाधि जित्दै आएको थियो । तर, सन् १९९६ को फाइनलमा पहिलो पटक जवाफी ब्याटिङ गर्दै श्रीलंकाले विकेटका आधारमा उपाधि चुमेको थियो ।
उक्त विश्वकपको फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलंकाले ४६.२ ओभरमा तीन विकेट गुमाएर दुई सय ४५ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । यसरी श्रीलंका विकेटका आधारमा विश्वकपको फाइनल खेल जित्ने पहिलो राष्ट्र बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण