लिभरपुलका फरवार्ड लुइस डियाजका पिता अपहरित
लिभरपुल । लिभरपुल फरवार्ड लुइस डियाजका पिता कोलम्बियामा अपहरणमा परेका छन् । उनको खोजीका लागि ठुलो सैन्य तथा प्रहरी अपरेसन सुरु गरिएको छ भने अधिकारीहरूले उनीबारे सूचना दिनेलाई ४० हजार पाउन्ड (करिब ६४ लाख रुपैयाँ) दिने घोषणा गरेका छन् ।
लुइस डियाजका पिता लुइस म्यानुअल डियाज र उनकी पत्नीलाई आइतबार सशस्त्र व्यक्तिहरूले नियन्त्रणमा लिइएको खबर आएको थियो । डियाजकी आमा सिलेनिस मारुलान्डा भने बारानकासमा फेला परेकी छन् । उनको पितालाई खोज्नका लागि उत्तरी कोलम्बियामा १२० जनाभन्दा बढी सेना र प्रहरी खटिएका छन् ।
सेनाले उनको खोजीमा दुईवटा प्लटूनका साथै हेलिकप्टर र प्लेन परिचालन गरेको जानकारी दिएको छ । कोलम्बियाका अधिकारीहरूले अपहरणको विस्तृत जानकारी नदिए पनि बारानकासको एक पेट्रोल पम्पबाट उनीहरूलाई मोटरसाइकलमा आएका हतियारधारीहरूले उठाएर लगेका थिए ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले डियाजको पिताको खोजीमा सबै सुरक्षा बल परिचालन गरिएको बताएका छन् । आइतबार नटिङह्याम फरेस्टविरुद्धको खेलमा डियाज लिभरपुलको टोलीमा अनुपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण