लिभरपुलको जीत डियाजको नाममा
एनफिल्ड । लिरभपुलका म्यानेजर योर्गन क्लपले नटिङह्याम फरेस्टविरुद्धको जीत लुइस डियाजलाई समर्पित गरेका छन् । आफ्नो पिता अपहरणको परेको समाचारपछि डियाजले आइतबारको खेल गुमाएका थिए । खेलमा लिभरपुल ३–० ले विजयी बन्यो ।
खेलको ३१ औँ मिनेटमा डिओगो जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए । उनले लुइस डियाजको जर्सी मैदानमा फहराएका थिए । चार मिनेटपछि डार्विन नुनेजले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ७७ औँ मिनेटमा मोहम्मद शालाहले तेस्रो गोल गर्दै टोलीलाई सहज जीत दिलाए ।
जीतपछि लिभरपुल प्रिमियर लिगको अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । लिभरपुलको १० खेलपछि २३ अङ्क रहेको छ । फरेस्ट भने १० अङ्कसहित लिगको १६ औँ स्थानमा छ ।
आइतबार भएका अन्य खेलमा एभर्टनले वेस्ट ह्यामलाई १–० गोलले पराजित गर्यो भने एस्टन भिल्लाले लुटनलाई ३–१ गोलले हरायो । ब्राइटन र फुलहमले १–१ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण