लिभरपुलको जीत डियाजको नाममा

एनफिल्ड । लिरभपुलका म्यानेजर योर्गन क्लपले नटिङह्याम फरेस्टविरुद्धको जीत लुइस डियाजलाई समर्पित गरेका छन् । आफ्नो पिता अपहरणको परेको समाचारपछि डियाजले आइतबारको खेल गुमाएका थिए । खेलमा लिभरपुल ३–० ले विजयी बन्यो ।
खेलको ३१ औँ मिनेटमा डिओगो जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए । उनले लुइस डियाजको जर्सी मैदानमा फहराएका थिए । चार मिनेटपछि डार्विन नुनेजले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ७७ औँ मिनेटमा मोहम्मद शालाहले तेस्रो गोल गर्दै टोलीलाई सहज जीत दिलाए ।
जीतपछि लिभरपुल प्रिमियर लिगको अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । लिभरपुलको १० खेलपछि २३ अङ्क रहेको छ । फरेस्ट भने १० अङ्कसहित लिगको १६ औँ स्थानमा छ ।
आइतबार भएका अन्य खेलमा एभर्टनले वेस्ट ह्यामलाई १–० गोलले पराजित गर्यो भने एस्टन भिल्लाले लुटनलाई ३–१ गोलले हरायो । ब्राइटन र फुलहमले १–१ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी