किन ट्रोलको सिकार भए रणवीर ?
मुम्बई । कफी विथ करणको ८ औँ सिजनको पहिलो एपिसोडमा रणवीर सिंह पत्नी दीपिका पादुकोणसँग पुगेका थिए । सो एपिसोड प्रसारण भएयता सिंह दम्पती लगातार ट्रोल भइरहेका छन् । रणवीरको एउटा पुरानो भिडियो क्लिप अहिले भाइरल भइरहेको छ । त्यो भिडियो रणवीर आफ्नी पूर्व गर्लफ्रेन्ड अनुष्का शर्माको साथमा कफी विथ करणमा आउँदाको हो ।
पछिल्लो एपिसोडमा करणसँग कुराकानी गर्ने क्रममा रणवीरले दीपिका र आफ्नो लभ स्टोरी सुनाएका थिए । दीपिकालाई पहिलो पटक कहाँ अनि कसरी भेटे भनेर उनले सुनाएको कहानी कफी विथ करणको पुरानो एपिसोडमा अनुष्का शर्मासँगको पहिलो भेटको हुबहु व्याख्या थियो ।
२०११ मा रणवीरले के भनेका थिए ?
सन् २०११ मा रणवीर अनुष्कासँग शोमा गएका थिए । भिडियोमा उनले अनुष्काको तारिफ खुलेर गरेका छन् । आफूले रब ने बना दि जोडी हेरेपछि अनुष्काको दिवाना भएको, डिनरका लागि बाहिर जाँदा अनुष्काकै बारे मात्र कुरा गरेको अनि यति नै बेला आफूले अनुष्कालाई देखेको उनको भनाइ थियो । ‘..... त्यति नै बेला ढोका खुल्यो.... हावाको झोका आयो अनि मेरो सामुन्ने अनुष्का शर्मा उभिएकी थिइन् ।’
सिजन ८ मा पनि रणवीरले यही कहानी सुनाए
सिजन ८ को पहिलो एपिसोडमा रणवीरले दीपिकाको प्रशंसा गर्दै भनेका थिए, ‘त्यति बेला दीपिकाको ककटेल रिलिज भएको थियो । त्यो फिल्म हेरेर उसको दिवाना भए । एक दिन सञ्जय लिला भन्सालीको घरमा बसिरहेको थिँए । कुन हिरोइनलाई काष्ट गर्ने भनेर छलफल चलिरहेको थियो अनि अचानक ढोका खुल्यो । बाहिरबाट हावाको झोँका आयो अनि एउटा ठुलो ढोकाबाट दीपिकाको इन्ट्री भयो ।’
यो भिडियो भाइरल भएपछि रणवीर निकै ट्रोल भइरहेका छन् । आफ्नो पुरानो लभ स्टोरीलाई दोहोर्याएर सुनाएको भन्दै धेरैले उनलाई उडाइरहेका छन् । रणवीर र दीपिकाको भेट भन्सालीको फिल्म राम लिलाको सेटमा भएको थियो । यिनीहरूको बिहे सन् २०१८ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण