बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सिंघम अगेन’मा यस्तो छ रणवीरको लुक्स

सोमबार, १३ कात्तिक २०८०, १७ : ४१
सोमबार, १३ कात्तिक २०८०

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म ‘सिंघम अगेन’का कारण चर्चामा छन् । पछिल्लो समय एकपछि अर्काे हिट फिल्म दिएका सिंह फिल्ममा प्रहरी अफिसर संग्राम भालेराव अर्थात ‘सिम्बा’ को भूमिका देखिन्छन् ।

निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गरेको छ । जसमा रणवीरको आकर्षक लुक्स छ । फिल्मको पोष्टर निर्देशक रोहित शेट्टीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् ।

पोष्टरमा सिंह प्रहरीको पहिरनमा देखिएका छन् । पोष्टरमा सिंहको पछाडि भगवान हनुमान समेत राखिएको छ । पोष्टरका साथ रोहितले लेखेका छन्, ‘हामी सबैको प्रिय सिम्बा फर्किएको छ ।’

फिल्ममार्फत रणवीर ५ वर्षपछि प्रहरीको भूमिकामा देखिन लागेका हुन् । उनले यस अगाडि २०१८ मा रिलिज भएको फिल्म ‘सिंघम’ मा प्रहरी अफिसर सिम्बाको भूमिका निर्वाह गरेका थिए ।

‘सिंघम अगेन’ मा रणवीरको अलवा दीपिका पादुकोण, अजय देवगन, अर्जुन कपुर लगायतको मुख्य भूमिका रहनेछ । फिल्म २०२४ मा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप