‘सिंघम अगेन’मा यस्तो छ रणवीरको लुक्स
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म ‘सिंघम अगेन’का कारण चर्चामा छन् । पछिल्लो समय एकपछि अर्काे हिट फिल्म दिएका सिंह फिल्ममा प्रहरी अफिसर संग्राम भालेराव अर्थात ‘सिम्बा’ को भूमिका देखिन्छन् ।
निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गरेको छ । जसमा रणवीरको आकर्षक लुक्स छ । फिल्मको पोष्टर निर्देशक रोहित शेट्टीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् ।
पोष्टरमा सिंह प्रहरीको पहिरनमा देखिएका छन् । पोष्टरमा सिंहको पछाडि भगवान हनुमान समेत राखिएको छ । पोष्टरका साथ रोहितले लेखेका छन्, ‘हामी सबैको प्रिय सिम्बा फर्किएको छ ।’
फिल्ममार्फत रणवीर ५ वर्षपछि प्रहरीको भूमिकामा देखिन लागेका हुन् । उनले यस अगाडि २०१८ मा रिलिज भएको फिल्म ‘सिंघम’ मा प्रहरी अफिसर सिम्बाको भूमिका निर्वाह गरेका थिए ।
‘सिंघम अगेन’ मा रणवीरको अलवा दीपिका पादुकोण, अजय देवगन, अर्जुन कपुर लगायतको मुख्य भूमिका रहनेछ । फिल्म २०२४ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण