कैलारीको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी
मङ्गलबार, १४ कात्तिक २०८०, ०८ : ५७
धनगढी । कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए ।
वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्क विहीन रहेका छन् । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए । वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण