शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलारीको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी

मङ्गलबार, १४ कात्तिक २०८०, ०८ : ५७
मङ्गलबार, १४ कात्तिक २०८०

धनगढी । कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए ।

वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्क विहीन रहेका छन् । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए । वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप