ओलीको अभिव्यक्तिप्रति प्रचण्डको असन्तुष्टि : हाम्रै नेता साथीहरूले देश विभाजित देखाउनु दुर्भाग्य हो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको बेला केही दलका नेताले शान्ति प्रक्रियाको विषयमा फरक धारणा राखेर देश विभाजित रहेको सन्देश दिन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।
संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले महासचिवले नेपालको संसदमा आएर बोल्नु नेपालीका लागि खुसी र गर्वको विषय भए पनि नेपालकै नेताहरूले शान्ति प्रक्रियाबारे फरक धारणा राखेकोमा असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिने कुरामा उहाँको पुरै सहयोग रहन्छ भन्नेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघका महासचिवको यति राम्रो धारणा छ । तर दुर्भाग्य हाम्रै केही नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनुभयो त्यो दुर्भाग्य हो ।’
महासचिव गुटेरेससँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्ड नै द्वन्द्व भड्काउने गतिविधिमा लागेको आरोप लगाएका थिए । प्रधानमन्त्री प्रचण्डले ओलीको सोही अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण