काठमाडौँका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छन् ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले युनेस्कोले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गर्नुले झनै चुनौती थपिएको बताइन् । उनले काठमाडौँ आफैँमा क्रिएटिभ सहर भएको बताइन् । उनले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौँ रचनात्मक सहर भएको बताइन् ।
उपप्रमुख डंगोलले काठमाडौँको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण