शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र : उपप्रमुख डंगोल

बुधबार, १५ कात्तिक २०८०, १४ : २९
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छन् ।  

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले युनेस्कोले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गर्नुले झनै चुनौती थपिएको बताइन् । उनले काठमाडौँ आफैँमा क्रिएटिभ सहर भएको बताइन् । उनले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौँ रचनात्मक सहर भएको बताइन् ।

उपप्रमुख डंगोलले काठमाडौँको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गरिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप