साउथ हिरोसँग बिहे गर्दैछिन् मृणाल ठाकुर
मुम्बई । मृणाल ठाकुर बलिउड र दक्षिण भारतकी सफल र चर्चित अभिनेत्री हुन् । उनको दुई नयाँ फिल्म हाई नन्ना र फ्यामिली स्टार रिलिज हुने क्रममा छ । यी दुबै फिल्म तमिल, तेलुगु र हिन्दीसमेत कयौं भाषामा रिलिज हुनेछ । पछिल्ला केही दिनयता भने मुणाल आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् ।
समाचारहरुका अनुसार मृणाल ठाकुर एक तेलुगु अभिनेतासँग प्रेममा छिन् । दुबैले छिट्टै नै आफ्नो सम्बन्धलाई एक कदम अगाडि बढाउन गइरहेका छन् अर्थात् दुबै छिट्टै नै विवाह बन्धनमा बाँधिदैछन् । हालै एउटा अवार्ड शोमा सीता रामका लागि मृणाललाई उत्कृष्ट अभिनेत्रीकी अवार्ड दिँदै साउथका दिग्गज फिल्म निर्माता अल्लु अरिविंदले मृणाललाई छिट्टै बिहे होस् भनेर आर्शिवाद दिएका थिए ।
‘म चाहन्छु कि मृणाल हैदरावाद सेटल होउन्,’ अल्लु अरविन्दले भनेका थिए । अवार्ड शोलगत्तै मृणालको बिहेको चर्चा शुरु भयो । एउटा अन्तरवार्तामा बिहेका लागि उपर्युक्त व्यक्ति खोज्ने कुनै सही उमेर नहुने मृणालले भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण