कोशी प्रदेशमा दुई मन्त्रीले लिए शपथ
विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । उनीहरुले शुक्रबारनै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
नयाँ मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती ९सुशील० र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका छन् । जबेगु यसअघि पनि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए । उप्रेतीको लागि भने राजकीय जिम्मेवारीको यो पहिलो अवसर हो ।
गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप तीन दिनको अनुमति
-
विश्वकप फाइनल खेलाइने मैदानको घाँसका टुक्रा बिक्री गर्दैछ फिफा
-
कुन सहकारीका बचतकर्ताले कति रकम फिर्ता पाउँदैछन् ?
-
पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि
-
कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई नियुक्त
-
कसले सिर्जना गरायो 'गाडी आतंक’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण