ठगीको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपलब्ध गराउने भनी विभिन्न व्यक्तिबाट ठगी गरेको पाइएपछि कार्यालयको टोलीले उनीहरुलाई विराटनगरबाट पक्राउ गरी आज काठमाडौँ ल्याएको हो ।
यसरी पक्राउ पर्नेमा मोरङका गौरव जैन र भोजपुरका शैलेन्द्र श्रेष्ठ रहेका कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । सम्पर्क नम्बरसमेत सार्वजनिक गरी ठगी गर्ने समूहले महिलाहरूको फोटो उपलब्ध गराइदिने र छनोट भएकाको हकमा तोकिएको मूल्य दिएपछि महिला उपलब्ध हुने भनी समाजिक सञ्जालका समूहहरुमा पोष्ट गरी रकम ठगी गरेको पाइएको उनले बताए ।
अनुसन्धानका क्रममा सामाजिक सञ्जालबाट सार्वजनिक भएको मोबाइल नम्बर चलाउने दुई व्यक्ति उनीहरु भएको पत्तालागेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो ।
उनीहरूलाई कानुनी कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण