बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

सुदूरपश्चिम सरकारद्वारा एक करोड रुपैयाँ सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा

शनिबार, १८ कात्तिक २०८०, ११ : ५८
शनिबार, १८ कात्तिक २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै  निर्णय गरेको हो ।

371514805_1020419129250927_113516921933886330_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप