बार्सिलोनाको नाटकीय जीत
सोसिडाड । रोनाल्ड आराउहोले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोनाले ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ ।
बार्साका डिफेन्डरले इल्के गुन्डोगानको क्रसमा हेड गर्दै खेलको निर्णायक गोल गरे । सुरुमा उक्त गोललाई अफसाइड करार गर्दै रद्द गरिए पनि भीएआरले उनी अनसाइड रहेको बताएको थियो ।
खेलमा रियल सोसिडाडले गोलका लागि थुप्रै अवसर बनाएको थियो । तर, गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले ती प्रयासहरूलाई विफल बनाएका थिए ।
जीतसँगै बार्सिलोना १२ खेलबाट २७ अङ्क बटुल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार नै भएको अन्य खेलमा ओसासुनालाई ४–२ गोलले हराउँदै जिरोना अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । टोलीको ३१ अङ्क रहेको छ । आइतबार दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग रायो भायोकानोलाई हराउँदै शीर्ष स्थानमा पुनः उक्लने मौका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण