मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको नाटकीय जीत

आइतबार, १९ कात्तिक २०८०, १६ : ५२
आइतबार, १९ कात्तिक २०८०

सोसिडाड । रोनाल्ड आराउहोले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले इन्जुरी समयमा गोल गरेपछि बार्सिलोनाले ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ ।

बार्साका डिफेन्डरले इल्के गुन्डोगानको क्रसमा हेड गर्दै खेलको निर्णायक गोल गरे । सुरुमा उक्त गोललाई अफसाइड करार गर्दै रद्द गरिए पनि भीएआरले उनी अनसाइड रहेको बताएको थियो ।

खेलमा रियल सोसिडाडले गोलका लागि थुप्रै अवसर बनाएको थियो । तर, गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले ती प्रयासहरूलाई विफल बनाएका थिए ।

जीतसँगै बार्सिलोना १२ खेलबाट २७ अङ्क बटुल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार नै भएको अन्य खेलमा ओसासुनालाई ४–२ गोलले हराउँदै जिरोना अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । टोलीको ३१ अङ्क रहेको छ । आइतबार दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग रायो भायोकानोलाई हराउँदै शीर्ष स्थानमा पुनः उक्लने मौका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप