बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

कांग्रेसले बनायो महामन्त्रीद्वयको संयोजकत्वमा जाजरकोट भूकम्प सहजीकरण समिति

आइतबार, १९ कात्तिक २०८०, १२ : २५
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको सं‌योजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बैठकले भूकम्प पीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नहोस् भनेर सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘यी समग्र विषय र भूकम्प गएका क्षेत्र अवलोकनसहित कामहरू गर्न महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन र सहजीकरण समिति बनाउने निर्णय भएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप